राजनीति

एमालेको समेत भोटिङमा संबिधान संसोधन हुन्छ – सभापति देउवा

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रस्ताब गरेको संबिधान संसोधन बिधेयक जस्ताकोतस्तै पास हुने दाबी गरेका छन् । पुर्बप्रधानमन्त्री समेत रहेका देउवाले उक्त संसोधन प्रस्ताबमा नेकपा एमालेले समेत भोट हाल्ने ठोकुवा गरेका छन् ।

सभापति देउावाले अब पेश भएको बिधेयक हेरफेर नभईकन पास हुन्छ, यसमा हेरफेर हुदैन, जस्ताको तस्तै पास हुन्छ भनेका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका प्रमुख ब्यक्ती समेत रहेका देउवाले अदालतको फैसलालाई सकारात्मक भन्दै ‘अनिश्चितकालका लागि संसद चल्न नदिने, बन्द गर्ने कुरा उचित नभएको बताउदै २४ गतेबाट संसद सुचारु हुने बिश्वास ब्यक्त गरेका छन् ।

पत्रकारहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीसंगको संबन्धबारे सोधीएको प्रश्नमा आफ्नो राम्रो सम्बन्ध भएको दाबी गरेका छन् ।  आउदै मंसीरसम्ममा ३ वटै तहको निर्बाचन गर्नुपर्ने आफूहरुलाई बाध्यता भएको बताउदै त्यसका लागि बैसाखसम्ममा स्थानीय निकायको निर्बाचन हुने दाबी गरेका छन् ।