राजनीति

प्रधानमन्त्री दाहालले सभामुखलाई भने छिट्टै संसदको अबरोध खुल्छ, कसरी खुल्छ भनेनन्

सुर्यखबर सम्बाददाता,

काठमाण्डौ । बुधबार बिहान प्राधामन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाललाई निवास बालुवाटारमा भेट्न गएकी सभामुख घर्तीले संसदको निकास खोल्न गम्भिर रुपमा पहल थाल्न आग्रह गरेको सभामुखको सचिबालयले जनाएको छ ।

आईतबारर अगाडि नै एमाले लगायतका दलहरुलाई गिभ एण्ड टेक गरेर संसदको अबरोध खुलाउने कार्यमा लाग्न आग्रह गरेको सभामुखका प्रेश बिज्ञ बबिन शर्माले बताएका छन् ।
प्रमुख प्रतिपक्षि दल एमालेले केहि दिनका लागि संसदको छलफल रोक्न आग्रह गरेपछि २४ गते आईतबारसम्मका लागि सभामुखले सूचना टाँस गरेर स्थगीत गरेकी थिईन ।
बैठक स्थगित गनुअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसंगको टेलिफोन सम्बादपछि बैठक स्थगीत गरिएको थिायो ।

भेटमा प्रधानमन्त्री दाहालले सभामुखले संसदको गतिरोध हटाउन खेलेको भुमिकाको प्रसंसा गर्दै आगामी दिनमा छिट्टै नै राजनीतिक समस्या हल गरेर संसद खुलाउने आश्वासन दिएको बताइएको छ ।