पु.समाचार

राजेन्द्र महतोले भने ‘तराई र पहाड अलग गरेरै संबिधान संसोधन गर्नुपर्छ’

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । सद्भाबना पार्टीका अध्यक्ष राजेन्द्र महतोले १० बर्षदेखि मधेसका समस्याहरु जहांको त्यही रहेकाले अब त्यसको समाधान खोज्नुपर्नेबेला आएको बताएका छन् । बिराटनगरमा आफ्नै पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिके राउत जस्तो मोर्चाको देश नै टुक्राउने उद्येश्य नरहेको भन्दै तराई र पहाड टुक्राएर संघीयतामा जानुको बिकल्प नभएको बताएका छन् ।

उक्त कार्यक्रममा महतोले एमालेले पनि मधेसको समस्या बुझनुपर्नेबेला आएको बिचार ब्यक्त गरे । परिमार्जन गरेर सरकारले संबिधान संसो्धन प्रस्ताब पास गनुपर्ने बताउदै संबिधान संसोधन नगरीकन कुनैपनि हालतमा निर्बाचन हुन नसक्ने ठोकुवा गरेका छन् ।

बिगतमा एमालेप्रति खरो रुपमा प्रश्तुत भएका भएपनि बुधबारको पत्रकार सम्मेलनमा उनले एमालेलाई राजनीतिक हिसाबले जिम्मेवार बन्न आग्रह गरेका थिए ।

काँग्रेस सभापति शेरबहादुर देउवाले मंगलबारमात्र सरकारले प्रस्ताब गरेको संबिधान संसोधन बिधेयक संसदमा बिना संसोधन पास हुन्छ भनेर बोलेपनि आज देउवाको कुरा भन्दा महतो एककदम अगाडि उठेको देखिएको छ ।