पु.समाचार

सरकारद्वारा भुकम्पपीडितको काममा काम गर्न नसकेको भन्दै प्राधिकरणका कार्यकारी सुशील ज्ञवाली बर्खास्त, तत्काल अर्को नियुक्ती हुने

सुर्यखबर सम्बाददाता,
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली बर्खास्तगीमा परेका छन् । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकाबेला नियुक्त भएका ज्ञवालीलाई पुष्पकमल दाहाल सरकारले बर्खास्त गरेको छ ।

केहिदिन अगाडिमात्र प्रधानमन्त्री कार्यालयले स्पस्टीकरण मागेको चित्तबुझ्दो नभएको भन्दै ज्ञवालीलाई बर्खास्त गरिएको जानकारी गराईएको छ । ज्ञवालीले १२ पन्ने स्पस्टीकरण प्रधानमन्त्री कार्यालयलाई बुझाएका थिए । १द्द पन्नेमा प्रधानमन्त्री कार्यालयले स्पस्टीकरण सोध्ने आधार नै नभएको आरोप समेत लगाएका थिए ।
बिहीबार नै अर्को सीईओ नियुक्त गर्ने तयारी भईरहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।
सीईओ ज्ञवालीको काम प्रभाबकारी नभएको छर्लंङ्ग भएको बताएका छन् ।

१० पुस २०७२ केपी ओलीले सिईओमा नियुक्त गरेका थिए । उनको कामप्रति काँग्रेस नेताहरु तथा प्रधानमन्त्री पुपकमल दाहाल असन्तुष्ट भएपछि ज्ञवालीको दिनगन्ती शुरु गरिएको थियो ।

सिईओबाट हटाईएको शुशील ज्ञवालीले आफू अदालत जाने धम्की दिईरहेका छन् भने अर्कोतिर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आफ्नो बिषयमा बोल्न उचालिरहेका छन् ।