आर्थिक

महिन्द्राको इलेक्ट्रिक भेहिकल e2o Sportz बजारमा

काठमाडौं । अग्नि ग्रुप भारतकै अग्रणी अटोमाबाइल उत्पादक महिन्द्रा एण्ड महिन्द्राको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता हो । यसै ग्रुप अन्तर्गतको अग्नि इनर्जी प्रा. लि. ले महिन्द्रा कम्पनीको e2o Sportz बजारमा ल्याएको छ । महिन्द्राले ल्याएको यस दोस्रो इलेक्ट्रिक भेहिकलको प्रारम्भिक मूल्य रु.२६ लाख ताकेको छ ।

महिन्द्रा e2o को स्पोर्ट्स् भेरिएन्ट यस कारमा विभिन्न उपयोगी फिचर्स जस्तै डुअल एयरबैग, ए.बी.एस्., फास्ट चार्जिङ्ग तथा रियर वाइपर रहेका छन् । १२७ किलोमिटरको अतिरिक्त रेन्जका साथै गाडीमा थप स्टोरेज एरिया पनि उपलब्ध छ । लेदर सिटका साथ प्रिमियम स्टाइलिङ्ग, ब्लोपन्क्ट् इन्फोटेन्मेन्ट सिस्टम तथा स्टियरिङ्ग माउन्टेड अडियो कन्ट्रोल पनि यसमा रहेका छन् । महिन्द्रा e2o Sportz १०० किलोमिटर प्रति घण्टाको टप स्पिडदिन सक्षम छ ।

महिन्द्रा e2o को अनावरण कार्यक्रममा बोल्दै महिन्द्रा इलेक्ट्रिकका सिइओ महेश बाबुले भने – “इलेक्ट्रिक भेहिकल प्रतिको लोकप्रियता बढ्दै गएको पाएको छु । त्यो दिन टाढा छैन जब इलेक्ट्रिक गाडीहरुले फसिल फ्यूलमा चल्ने गाडीहरुलाई उछिन्ने छन् र सडकमा भारी मात्रामा देखिने छन् ।

त्यसैले यस बदलावलाई अझै  गती दिन हामीले नेपालमा पनि महिन्द्रा भद्दय को अनावरण गरेका हौं र यस गाडीको शक्तिशाली पर्फरमेन्ट, बेजोड् सेफ्टी फिचर्स्का साथ यो छिट्टै नै ग्राहकहरु माझ लोकप्रिय हुने कुरामा म विश्वस्त छु । इलेक्ट्रिक गाडीहरुको पायनियरको रुपमा हामी सफा र स्वच्छ भविष्य बनाउन इलेक्ट्रिक भेहिकलहरु धेरै भन्दा धेरै सुलभ बनाउन प्रतिबद्ध छौं ।”