समाचार

गगनले गरे गणेश नेपालीको परिवारलाई १ लाख रुपैयाँ सहयोग

८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

नेपालीको परिवारलाई राहत स्वरूप सभापति थापाले आफ्नो तर्फबाट एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।

मुगु जिल्ला सोरू गाउँपालिका–१ निवासी २५ वर्षीय नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो ।