पु.समाचार

३३ किलो सुन तस्करीमा प्रहरीले संकास्पद थप दुईजनालाई समात्यो

सुर्यखबर सम्बाददाता, काठमाण्डौ । सुन तस्करीमा अर्थमन्त्री कृष्णबहादुर महराको नाम बिबादमा आईरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काभ्रेबाट थप दुईजनालाई सुन तस्करीको आरोपमा पक्राउ गरेको छ ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय बिमानस्थललबाट एक साताअघि अबैध रुपमा भित्रिएको ३३ किलो सुन प्रहरीले बरामत गरेको थियो ।

प्रहरीले काभ्रेबाट दुईजना पक्राउ परेको भएपनि उनीहरुको परिचय खुलाएको छैन ।
प्रहरीले काभ्रेबाट पक्राउ गरेका दुईजना भरियामात्र भएको आशंका गरेको छ । बिहीबार सुन तस्करीको आरोपमा ३ जना पक्राउ गरेको सीबीआईले मंगलबार थप दुईजना पक्राउ गरेको छ । सुनका खास मालिक पत्ता नलाग्दा आर्थिक चलखेल हुन सक्ने आशंका सर्बसाधारणले गरेका छन् ।

जेलमा चिसो हावा खाईरहेका चाल्र्स शोभराजले त्रिभूवन अन्तर्राष्ट्रिय बिमान्स्थलबाट हात्ति छिराईदिन्छु भनेको स्मरण गर्दै फेसबुक, ट्वीटर लगायतका समाजाजिक सञ्जालहरुमा प्रहरी र राजनीतिक ब्यक्तीहरुको सेटिगंमा तस्करी हुने गरेको जनताले बताईरहेका छन् ।