आर्थिक

चन्द्रागिरिले मनायो धुमधामसाथ पृथ्बीनारायण शाहको २९५ औं जन्मजयन्ती

सुर्यखबर सम्बाददाता,

काठमाडौं । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमाचन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनस्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्तिचित्र स्थापना गरिएको छ । चन्द्रागिरि हिल्सद्वारा निर्मित मूर्तिचित्र एक देशभत्त mनागरिकका हैसियतले प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बुधबार अनावरण गरेका छन् । चन्द्रागिरि पर्वतपृथ्वीनारायण शाहको एकीकरण अभियानसँग सम्बन्धीत रहेकाले उनको सम्झनामा मूर्तिचित्र निर्माण गरिएको चन्द्रागिरी हिल्सले बताएके छ । पृथ्वीनारायण शाहले चन्द्रागिरि डाँडाबाट उपत्यकका तीनै सहरको दृश्यावलोकन गरी एकीकरणको योजना बनाएको उनकादिव्योपदेशमा उल्लेख गरिएकोछ ।

चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसादढकालले विगत सात वर्षदेखिको अथक मेहनत र निरन्तरको परिश्रमपछि परियोजना सम्पन्न भएको जानकारी दिँदै परियोजना निर्माणमा स्थानीय समुदायबाट प्राप्त सहयोगको प्रशंशा गरेका थिए ।

दर्शनार्थीहरूकालागिव्यवस्थाभएका सुविधाः–

चन्द्रागिरि हिल्स लिमिटेडलेचन्द्रागिरि केबलकार चढेरभालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागिअशोक लेलेण्डको४२ सिटक्षमताभएको निशुल्क बस सेवाकोव्यवस्था गरेको छ । बसहरुप्रत्येक दिनबिहान साढे सात बजेकाठमाडौंकोमहाराजगञ्जर कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाटलाग्ने छन् ।महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँबसपार्क,बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्कीहुँदै चन्द्रागिरि केबलकारसम्मपुग्ने छ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना,बल्खु,कलङ्कीहुँदै चन्द्रागिरिसम्म केबलकार पुग्ने छ।यिबसहरुतत् स्थानहरु हुँदै फर्कने छन् । चन्द्रागिरि केबलकारको टिकटकाठमाडौंस्थितआईएमई सेन्टरएवम् भाटभटेनीकाउन्टरबाटपनिलिन सकिन्छ ।

चन्द्रागिरि हिल्स ?
काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वत धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ। नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने एवं बाह्यपर्यटकहरुको नेपालबसाईलाई एक दिनलम्ब्याउने उद्देश्यले यस पर्वतमा चन्द्रागिरि हिल्स लिमिटेडको स्थापनाभएको हो ।
समुद्री सतहबाटकरिव १,५०० मिटरको उचाईंमा रहेको चन्द्रागिरि फेदीबाट केबलकार चढेर२,५५१ मिटरको उचाईंमाअवस्थित ‘भालेश्वर महादेव’ को दर्शन गर्न सकिन्छ । म्यानुअल बालउद्यान, भ्यु टावर, रेष्टुरेन्टर, बहुउद्देश्यीय हल सहित निर्माण गरिएको चन्द्रागिरि पर्वतबाट राजधानी सहर, सगरमाथादेखि पश्चिममा काञ्जिरोवा हिमाल एवं अन्य हिमश्रृङ्खला सहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, तनहुँ, मकवानपुर, चितवनका पहाडी क्षेत्रसमेत देख्न सकिन्छ भने चन्द्रागिरि डाँडाको दक्षिणी भेगका टिस्टुङ्ग, फाकेल, चित्लाङका रमणीय गाउँहरू स्पष्ट रूपमानियाल्न सकिन्छ ।संभवत नेपालको पहिलो अपांङ्ग मैत्रीभौतिक संरचना यहाँको अर्को विशेषता हो ।
गत साउन २४ गतेबाटव्यवसायीक संचालनमाआएको चन्द्रागिरि केबलकारको प्रधानमन्त्री पुष्पकमल दाहालले गतमङ्सिर अन्तिममा गरेका थिए ।

विश्वविख्यात केबलकार निर्माता अष्ट्रियन कम्पनी डोप्लमेयरको प्रविधि जडित चन्द्रागिरि केबलकारले प्रतिघण्टा एक हजार जनासम्मयात्रु बोक्ने क्षमता राख्दछन्।केबलकार संचालनमाआएदेखि २०७३ सालपौष २५ गतेसम्म २ लाख ८२ हजार ४ सय ३० जनाले केबरकारको यात्रा गरेर भालेश्वर महादेवको दर्शन गरिसक्नु भएको कम्पनीले जनाएको छ ।