आर्थिक

पुनर्निर्माणमा ४ करोड ७९ लाख घनफिट काठ आवश्यक

काठमाडौं । भुइँचालोमा क्षति भएका निजी र सार्वजनिक भौतिक पूर्वाधार निर्माण गर्न ४ करोड ७९ लाख घनफिट काठ लाग्ने भएको छ सोमबारको नागरिकमा लेखिएको छ, तर वन विभागले अहिले सरकारी वनबाट बार्षिक ७ देखि ११ लाख घनफिट काठमात्र उत्पादन गर्न सकेको छ । ‘पुननिर्माणमा सरकारी क्षमताभन्दा धेरै गुण बढी काठ चाहिने भएको छ ।’

कार्यदल संयोजक तथा वन विभागका उपमहानिर्देशक हेमलाल अर्यालले भने,’त्यसो त क्षति भएका संरचनाका ३० देखि ६० प्रतिशत काठ पुन प्रयोग गर्न सकिन्छ ।’
कुन जिल्लामा कति (घनफिट)
सिन्धुपाल्चोक: ४८,७३,९०५
रामेछाप : २४,००,९१५
दोलखा: ३९,३७,६२०
काभ्रे: ४४,४६,३९५
गोरखा: ३७,४५,०५०
नुवाकोट: ४४,७१,७२५
धादिङ: ३८,४२,१७५