खेलकुद

फाइनलमा पुगे इमेज र कान्तिपुर

काठमाण्डौ । चौथो र छैटौं संस्करणको विजेता इमेज च्यानल र डिफेन्डिङ च्याम्पियन कान्तिपुर मिडिया ग्रुप आठौं मिडिया कप फुटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् । ७ टिम सहभागी प्रतियोगिताको लिग खेलमा दुवै आ–आफ्नो समूहबाट विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । इमेज समूह ‘बी’ तथा कान्तिपुर समूह ‘ए’ को विजेताका हैसियतले सेमिफाइनल पुगेका थिए ।

नेपाल ओलम्पिक संग्राहलयको आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा इमेजले नव प्रवेशी टिम एपी वान टेलिभिजनलाई १–० गोलले पराजित ग¥यो । पेमा लामाले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै गरेको गोलनै निर्णायक बन्यो । पेमा ‘म्यान अफ द म्याच’ चुनिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अर्को सेमिफाइनलमा कान्तिपुरले रेडियो नेपाललाई ३–२ गोलले हरायो । कान्तिपुरका लागि तीनै गोल ‘म्यान अफ म्याच’ सुरज मोक्तानले गरे । रेडियो नेपालबाट पुनित बस्नेत र शम्भु यादवले १–१ गोल फर्काए । फाइनल मंगलबार हुनेछ । विजेताले ५० हजार उपविजेताले २५ हजार नगद पुरस्कार हात पार्नेछन् ।