आर्थिक

आईएमईको उपहार कार्यक्रम सार्बजनिक

सुर्यखबर सम्बाददाता,

काठमाण्डौ । आईएमईले प्रयोग माल्याएको कस्टमर कार्डमा बोनस अङ्कसहित निश्चित उपहारको व्यवस्था गरेको छ । यो योजना माघ १, २०७३ देखि असार मसान्त २०७४ सम्म लागु हुने आईएमईले जनाएकोे छ ।

योजना अन्तर्गत कस्टुमर कार्ड प्रयोगगरी गरिएका अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकम अनुुसार निश्चित बोनस अङ्क प्राप्त हुनेछ। निश्चित बोनस अङ्कमा तोकिएको उपहारप्राप्त गर्न सकिने छ । साथै बोनस अङ्क नलिएको अवस्था माकस्टमर कार्ड कारोबार(आन्तरिक पठाइने) अन्तर्गत प्रत्येक दोस्रो कारोबारको सेवाशुल्कमा ५ प्रतिशत छुटको सुविधा प्राप्त गर्न सकिनेछ । पेन ड्राइभ, ब्याग, डीसहोम र मोबाईल सेटबोनस अङ्क वापत प्राप्तगर्न सकिने उपहारहरूहुने छन् ।

नेपालमा रेमिटेन्स व्यवसाय संस्थागत गरेको मुख्यश्रेय आईएमईलाई जान्छ।पछिल्लो समयमा आईएमईले कार्डमा आधारित रेमिटेन्स सेवालाई मुख्यप्राथमिकता दिँदै आएको छ ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्मपु¥याउनप्रतिबद्व यसकम्पनीले सेवाशुभारम्भको १६औँ वर्षसम्ममा नेपालकाशहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ५,५०० सय भन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।