पु.समाचार

डाक्टरको लापरबाहीबाट मृत्यु भएको भन्दै आन्दोलनमा उत्रिएका आफन्तजनहरु प्रहरी खोरमा

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोपमा दीर्घायु अस्पताल चाबाहीलमा प्रदर्शनमा उत्रेका बिरामीका आफन्तहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
दीर्घायु गुरु अस्पतालमा शनिबार पत्थरीको उपचार गर्न मृतक राईलाई पौस २९ गते भर्ना गरिएको थियो । मित्रपार्क, चावाहील स्थीत दीर्घायु अस्पतालमा उपचारका लागि भर्ना गरिएकी बाजु गाबिस, ७ ईलामकी ६३ बर्षीया सरीता राईको मंगलबार साँझ मृत्यु भएपछि, बिरामीका आफन्तहरुले लापरबाहीका कारण मृत्यु भएको भन्दै आन्दोलन गरिरहेका छन् ।
आन्दोलन गर्ने क्रममा आधा दर्जन प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । डा. बीरेन्द्रप्रसाद यादबको टिमले अप्रेशन गर्ने जिम्मेवारी पाएकी राईको मृत्यु भएपछि दुबईमा रहेको जेठो र कोरियामा रहेको कान्छो छोरा काठमाण्डौ आएक छन् । भने छोरी आफ्नी आमाको मृत्यु भएपछि शोकमा छिन् ।

अस्पतालका अध्यक्ष नरेश पौडेलसंग सुर्यखबर प्रतिनिधिले ९८५१०४३२१९ मा कुरा गर्न खोज्दा फोन स्वीच अफ छ भने अस्पतालको ल्याण्डलाईन ४४६९६९३ मा फोन गर्दा कर्मचारीले यसबारेमा बोल्न चाहदैनन् । उपचारमा संलग्न चिकित्शक डा.बीरेन्द्र यादबसंग कुरा गर्दा उनको ९८४००६४६२५ मा सम्पर्क गर्न खोज्दा उनको मोबाईल सम्पर्क हुन नसक्ने बनाएको पाईयो ।
आन्दोलमा संलग्नलाई पक्राउ गरेको र प्रहरीले आवश्यक छानबिन गरि दोषीलाई कारबाही गर्ने प्रहरी परिसर टेकुले बताएको छ ।