खेलकुद

स्याबास नेपालकी छोरी, जसले फेरि एकपटक नेपाललाई विश्वभर चिनाइदिइन् !

काठमाण्डौ । विश्वको एउटा अर्को नयाँ प्रतिस्पर्धामा नेपालकी अल्ट्रा म्याराथुन धाविका मिरा राई विजयी भएकी छन् । विश्वप्रसिद्ध टेलिभिजन च्यानलल नेश्नल जोग्राफीको एडभन्चर अफ दी एयर २०१७ मा भएको प्रतिस्पर्धामा धाविका राई विजयी भएकी हुन् ।

 धाविका राइले विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहासीहरुको सुचीमा आफ्नो नाम अंकित गरेकी छन् । धाविका राईले अनलाइन भोटिङमार्फत सो प्रतिस्पर्धा जितेको जोग्राफी च्यानलले जनाएको छ । धाविका राई यो अब यो वर्षकै साहासी व्यक्ति (एडभेन्चर अफ द एयर) भएकी छन् ।

सो प्रतिस्पर्धाका क्रममा धाविका राईले ८० किलोमिटरको दौडका क्रममा विश्व म्याराथन पूर्व विजेतालाई जित्न सफल भएकी थिइन् । धाविका राइले १२ घण्टा ३२ मिनेट १२ सेकेण्डमा उक्त दौड पूरा गरेकी थिइन् । फ्रान्समा आयोजित सो प्रतिस्पर्धापछि जोग्राफी च्यानलले धाविका राईलाई विश्व च्याम्पियन घोषणा गरेको थियो ।

नेसनल ज्योग्राफिकले राईसहित १० जनालाई मनोनयनमा पारेको थियो। बाह्र वर्षदेखि सञ्चालन हुँदै आएको यो प्रतिस्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनौट गरिन्छ।

छनौटमा परेका व्यक्तिलाई नेसनल ज्योग्राफिकको वेबसाइटमार्फत् भोट हाल्न सकिने थियो। सर्वाधिक भोट ल्याउने राई यस वर्षको वर्षको साहसिक व्यक्ति भएकी हुन् ।

भोजपुरकी मीरा किशोरी अवस्थामा माओवादी लडाकु बनेकी थिइन्। माओवादी शान्ति प्रक्रियामा आएपछि भएको सेना समायोजन क्रममा उनी अयोग्य ठहरिएकी थिइन्।