विशेष

डिआईजी नवराज शिलवालले सुन काण्डको आरोपमा एसएसपीलाइ पनि नछाड्नु स्वागतयोग्य

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । नेपाल प्रहरीका एसएसपी श्याम खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । ३३ किलो सुन काण्डमा मुछिएका खत्रीलाई सुन काण्डको आशंकामा त्यहीबेला अन्तर्राष्ट्रिय बिमानस्थलबाट प्रहरी मुख्यालय नक्साल सरुवा गरिएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खाडीबाट त्रिभूबन अन्तर्राष्ट्रिय बिमानस्थलमा गोपालबहादुर शाहीको साथमा हेको ३३ किलो सुन बरामदको अनुसंधान गर्ने क्रममा तीन जना कर्मचारीहरु पक्राउ गरेपछि आईतबार प्रहरीका एसएसपी श्याम खत्रीलाई  पक्राउ गरेको छ ।

आईजिपीको दौडमा रहेका नवराज शिलवालले प्रहरीका बरिष्ठ अधिकृतलाई पक्राउ गर्नुले उनको सफलतामा केहि ग्रेड थपिएको छ ।  सुन तस्करीमा एसएसपी पक्राउ पर्नुले अझै ठूला माछाको समेत संलग्नता हुन सक्ने अनुमान लगाइएको छ ।

यस घटनाबाट अब सुनकाण्डको नजिकै प्रहरी पुगेको हो कि भन्ने पनि देखिन्छ ।