खेलकुद

यसकारण कप्तान पारस खड्का भारत जान नसक्ने भए

काठमाडौं । विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपअन्तर्गत केन्यासँगको खेलको तयारीका लागि भारत जाने नेपाली क्रिकेट टोलिमा पारस खड्का अनुपस्थित हुने भएका छन् । पेटको शल्यक्रिया गरिएका कारण पारस भारत भ्रमणमा जान नसक्ने भएका हुन् ।

नेपाली टोली १३ फागुनमा भरातको नोयडामा प्रशिक्षण गर्न जाने कार्यक्रम छ । सोमबारको नयाँ पत्रिकामा लेखिएको छ, त्यहाँ रहँदा नेपालले तीन वटा अभ्यास खेल खेल्ने बताइएको छ ।

पारसको ग्रान्डी अस्पतालमा उपचार भइरहेको र उनलाई केही समय आराम गर्न चिकित्सकले सुझाव दिएका छन् । गत शुक्रबार दिउँसो पेट दुखेपछि उनलाई अस्पताल पुरयाइएको थियो । पारसलाई एपेन्डिसाइटिस विथ इन्टेसटाइनल अब्स्ट्रक्सन भएको चिकित्सकहरुले जनाएका छन् । ।