खेलकुद

फागुनमा २१ मा हुनेभो नयाँ पत्रिका कर्पोरेट गल्फ

काठमाण्डौ । दोस्रो ‘नयाँ पत्रिका स्विङ एन्ड विन कर्पोरेट गल्फ’ प्रतियोगिता २१ फागुनमा हुने भएको छ । नयाँ प्रकाशन प्रालिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गल्फ प्रतियोगिता बारे जानकारी दिएको हो ।

एकदिने प्रतियोगिताका लागि नयाँ प्रकाशन र गोकर्ण गल्फ कोर्स रिसोर्टबीच यसअघि नै सम्झौता भइसकेको छ । गोकर्ण गल्फ कोर्सले प्रतियोगिताको प्राविधिक पक्षमा सहयोग गर्ने जनाइएको छ ।

एसियाकै चर्चित गल्फ कोर्समध्ये एक गोकर्ण गल्फ कोर्समा सयजना कर्पाेरेट गल्फरले सहभागीता जनाउेछन् । गल्फरले ३/४ ह्यान्डिक्याप फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । यसपटक पुरस्कार राशीमा ५० हजार रुपैयाँ वृद्धि गरेर तीन लाख पु¥याइएको छ । प्रतियोगिताको मुख्य आकर्षण होल इन वान रहने छ । यसपटक पनि होल इन वान गर्ने एक गल्फरले टियागो कार पाउनेछन् । टियागो कार १२ सय सिसी क्षमताको हो । यसको बजार मूल्य २८ लाख ५५ हजार रुपैयाँ छ ।

सिनियर पुरुष तथा महिला विजेताले आकर्षक गिफ्ट ह्याम्पर पाउनेछन् । विजेताले ७० हजार बराबरको गिफ्ट ह्याम्पर पाउनेछन् । पुरुष तथा महिला उपविजेताहरूले पनि आकर्षक पुरस्कार पाउने नयाँ प्रकाशनले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट ग्रोस, मोस्ट बर्डिज, लंगेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन गर्ने गल्फर पनि पुरस्कृत हुनेछन् । गत वर्षको मुख्य उपाधि क्याप्टेन नोर्बु शेर्पाले जितेका थिए । महिलातर्फ रेखा घिमिरे च्याम्पियन बनेकी थिइन् ।

पत्रकार सम्मेलनमा गोकर्ण गल्फ कोर्सका सिनियर गल्फ निर्देशक दिपक आयार्चले प्रतियोगिताको प्राविधिक पक्षबारे जानकारी दिए । उनले मिडिया क्षेत्रबाट गल्फ प्रतियोगिता आयोजना गर्नु गल्फ विकासका लागि सहयोग पुग्ने बताए । ‘नयाँ पत्रिकाले कर्पाेरेट गल्फ प्रतियोगितालाई निरन्तरा दिनु सकारात्मक पक्ष हो,’ आचार्यले भने,‘प्रतियोगिताले गल्फ विकासमा सहयोग पुग्ने अपेक्षा गरेको छु ।’

गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरले अन्य खेलभन्दा गल्फ पृथक खेल भएको बताए । ‘अन्य प्रतियोगिता एउटा परिधि भित्र बसेर आयोजना गर्नुपर्छ, ’ घिमिरिले भने ,‘तर गल्फको कुनै परिधि हुँदैन । संसारका प्रत्येक गल्फ कोर्स फरक हुन्छन् । एउटा गल्फरले अघिल्लो दिन हानेको सर्ट अर्काे दिन त्यहि स्थानमा प्रहार गर्न सक्दैन ।’ घिमिरले नयाँ पत्रिकको आयोजना हुने गल्फ प्रतियोगिता अघिल्लो वर्ष भन्दा अझ राम्रो हुने शुभकामना दिए ।

रोयल नेपाल गल्फ कोर्सका अध्यक्ष रविन्द्रमान श्रेष्ठले गल्फ धनिले मात्र खेल्ने खेल भनेर नकारात्क सन्देश गएको भन्दै आम मानिस सबैले गल्फ खेल्न सक्ने धारणा राखे । उनले सञ्चार क्षेत्रबाट गल्फ प्रतियोगिता हुँदा गल्फ बारे जनतामा सकारात्मक सन्देश जाने समेत बताए ।

नेपाल खेलकुद पत्रकार मन्चका अध्यक्ष महेश आयार्चले नयाँ पत्रिकाले गल्फ प्रतियोगितालाई निरन्रता दिएकोमा खुसी व्यक्त गरे । गल्फका समाचारले स्थान नपाइएको अवस्थामा मिडिया नै प्रतियोगिता आयोजना गर्दा गल्फ विकासमा सहयोग पुग्ने धारणा राखे ।