आर्थिक

प्रथम किसुनजी स्मृति वादोकोइ कराँते प्रतियोगिता सम्पन्न

काठमाण्डौ । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित प्रथम किसुनजी स्मृति वादोकाइ कराते प्रतियोगितामा वर्षा बुढा मगरले दुई स्वर्ण जितेकी छन् ।

अल नेपाल वादोकाइ कराते डो संघद्वारा आयोजित प्रतियोगिताको महिला कुमुते ४५ केजी र सिनियर एकल कातामा वर्षाले स्वर्ण हात पारिन् । मनमैजुकी वर्षाले कुमुतेमा वादोरियो रेन्मेइकी जुनु राना मगर तथा कातामा मनमैजुकी सविना श्रेष्ठलाई पराजित गरिन् ।

पुरुष २५ केजीमा मनमैजुका साहिल घले तथा ३५ केजीमा मनमैजुकै विवेक कुँवरले पहिलो स्थान हात पारे । महिला ५५ केजीमा मनमैजुकी सोनी राईले मनमैजुकै एरिका गुरुङलाई हराउदै पहिलो भइन् । सिनियर पुरुष कातामा मनमैजुका सुरेन्द्र तामाङ पहिलो भए । एकदिने प्रतियोगिताको सांसद् वीरबहादुर बलायरले एक कार्यक्रमबीच उद्घाटन गरे ।