आर्थिक

साङयङ “ड्राइभ द लक्जरी” टेस्ट ड्राइभ कार्यक्रम संचालन

काठमाण्डौ ।  नेपालको लागि कोरियन प्रिमियम गाडी निर्माता साङयङ मोटर्सका एकमात्र आधिकारिक विक्रेता तथा आइएमएस ग्रुप अन्तर्गतको एक अग्रणी कम्पनी आइएमएस मोटर्सले आज दरबार मार्ग अवस्थित एनआइबीएल बैंक परिसरमा साङयङ “ड्राइभ द लक्जरी” टेस्ट ड्राइभ कार्यक्रम संचालन गरेको छ ।

विशेषगरी बैंकका कर्मचारीहरुकालागि भनेर ल्याइएको उक्त कार्यक्रममा सहभागीहरुकालागि साङयङका कोरियन लक्जरी एसयूभीको अनुभव गर्ने अवसर रहेको थियो । यस कार्यक्रम सँगै उपत्यकाका अन्य विभिन्न बैंकहरुमागई टेस्ट ड्राइभ गराउने कम्पनीको योजनाको पनि सुरुवात भएको छ ।

उक्तकार्यक्रममा सहभागीहुने हरेकलाई कम्पनी टेस्ट ड्राइभ गर्दा आकर्षक उपहारहरुका साथै खरिदमाभारी छुट र एक्स्चेन्ज्मा विशेष डिलहरु समेत प्रदान गरेको थियो । यसबाहेक, अन्य आकर्षक अफरहरु पनि रहेका थिए, जस्तै – २ वर्षको वारेण्टी, १ वर्षको निःशुल्क रोड ट्याक्स्, तथा २ वर्षको निःशुल्क सर्भिसिङ्ग । साङयङको लक्जरी र पर्पmमेन्स्को अनुभव गर्न भनी बैंक कर्मचारीहरुले भारी मात्रामा जनाएको सहभागीताले उक्तकार्यक्रमलाई सफल बनाएको कम्पनीको विश्वास छ ।