आर्थिक

पोखरामा अवैध व्यापार गर्ने पर्यटक बढे

पोखरा । सरकारी अनुगमन नहुँदा पर्यटकीय सहर पोखरामा बसेर अवैध व्यापार गर्ने पर्यटक बढ्दै गएका छन् । पर्यटक भिसामा आएर सडकमा बसेर क्युरियो सामानको बिक्रि गर्नेदेखि रेस्टुराँ र व्यवसायिक रुपमा प्याराग्लाइडिङ गराउने पर्यटकको संख्या बढेको छ ।

पछिल्लो समयमा भिसा अवधि सकिएर पनि अवैध रुपमा बस्ने पर्यटकको संख्या बढ्दै गएको छ । मंगलबारको अन्नपूर्णमा लेखिएको छ, लामो समय बस्ने पर्यटकका क्रियाकलापहरुको नियमित अनुगमन नहुँदा पोखरामा गैरकानुनी रुपमा बस्ने र अवैध रुपमा कारोबार गर्ने विदेशी पर्यटक बढेका हुन् ।

कुनै घटनामा संलग्न भएको अवस्थामा पक्राउ परेर अनुसन्धान गर्दा मात्रै प्रहरीले पर्यटक अवैध रुपमा बसेको भेउ पाउने गरेको छ ।