अन्तर्राष्ट्रिय

लण्डनमा आतंकबादी आक्रमण, एक महिलाको मृत्यु, नेपालीहरुमा त्रास

ब्रिटेन । ब्रिटेनको संसद् भवनबाहिर भएको आक्रमण लगत्तै एउटा कार जानीजानी पदयात्रीमाथि गुडाइएपछि एक महिलाको मृत्यु भएको चिकित्सकहरुले बताएका छन्।

वेस्टमिनस्टर ब्रीजमा त्यो कारद्वारा भएको आक्रमणपछि ती महिलाको घातक चोटपटकका कारण ज्यान गएको बताइएको छ।  सो कार आक्रमणपछि गम्भीर घाइते भएका अन्य केहीको उपचार भइरहेको छ। आक्रमणमा कैयौं पदयात्री किचेपछि सो कार नजिकैको रेलिङमा गएर रोकिएको थियो।

प्रहरीले संसद भवनबाहिर भएका आक्रमणलाई हालका लागि आतंकवादी हमलाू को रुपमा लिइएको बताएको छ। त्यसअघि नजिकै संसद् भवनबाहिर एक प्रहरी अधिकृतमाथि एक आक्रमणकारीद्वारा धारिलो हतियार प्रहार भएको थियो। लगत्तै ती आक्रमणकारीमाथि सशस्त्र प्रहरीले गोली चलाएको थियो। सेन्ट थोमस अस्पतालका एक डाक्टरले कैयौं घाइतेको अवस्था गम्भीर रहेको बताए।

मृत्यु भएकी महिलाको घटनास्थलमै ज्यान गएको बताइएको छ। अर्की एक डाक्टरले आफूले टाउकोमा चोट लागेको एक प्रहरीलाई उपचार गरेको बताइन्। सांसदहरुले चार तीन वा चार पटक गोली चलेको आवाज सुनेको बताए। बीबीसीका अनुसार प्रधानमन्त्री टरिजा मे सुरक्षित रहेको डाउनीङ स्ट्रीट सूत्रले बताएको छ।