राजनीति

कमल थापा गणतन्त्रतिर गएपछि राजतन्त्र र हिन्दूको नारा डा.लोहनीले यसरी थाम्ने भए

काठमाण्डौ । राप्रपा र राप्रपा नेपालको एकीकरणपछि बनेको राप्रपाबाट केहिदिन अगाडिमात्र बाहिरिएका राप्रपा नेता डा.प्रकाशचन्द्र लोहनीले बुधबार नयाँ पार्टीको घोषणा गरेका छन् । धुम्बाराहीको एक पार्टी प्यालेसमा पुराना राजाबादी नेता केशर बहादुर बिष्ट र गणेश शेरचन सहित सयौं नेता कार्यकर्ताका साथमा उपस्थित भएका डा. लोहनीले आफूले पार्टी खोल्नुको मुख्य बटम लाईन राजतन्त्र पुनःस्थापना र हिन्दू राज्य रहेका बताएका छन् ।

कार्यकर्ताबाट सयपत्री फुलको मालामा सजिएका तिन नेताले आफूहरु जनताका लागी ईमान्दार भएर लाग्ने बताए । नयाँ पार्टीको नाम एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ( राष्ट्रबादी) राखिएको छ । काँग्रेस, एमाले र माओबादी केन्द्रबाट समेत नेता कार्यकर्ताहरु प्रबेश गर्ने भनिएपनि उक्त प्रबेश देखिएन ।

बुधबारको कार्यक्रमको भीडभाड देख्दा एराप्रपा (राष्ट्रबादी)को पार्टी घोषणा सभाले राप्रपा को अध्यक्ष बनेका कमल थापालाई चुनौती दिएको भान जोसुकैलाई हुन्थ्यो । फेरी कमल थापा गणतन्त्रबादीसंग कुम जोडीएकाबेला राजाबादी र हिन्दूबादी नारा लगाएकाले कमल थापाका सपोर्टर डा. लोहनीतिर तानिने हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ ।

नबगठित ७१ सदस्यीय राप्रपाले निर्बाचन चिन्ह हलो नै राख्ने छ ।  पुष्पकमल दाहाल सरकारका बर्तमान  शक्तीशाली उप-प्रधानमन्त्री कमल थापा लगायत राप्रपाका नेताले नयाँ पार्टी घोषणाको बिषयमा केही प्रतिकृया दिएका छैनन् ।