१४ असार,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल नेकपाका सह-संयोजक माधव नेपाल, र (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल सहितका नेताहरु आज कार्यक्रममा सँगै देखिएका छन् ।
मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा ओली, प्रचण्डसहितका नेताहरु सहभागी भएका हुन् ।













