खेलकुद

अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा युनिभर्सल दोहोरो उपाधि नजिक

काठमाण्डौ । आयोजक युनिभर्सल उमावि तेश्रो स्याट अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो उपाधिनजिक पुगेको छ ।
सिनियर ब्वाइज सेमिफाइनलमा युनिभर्सलले सेन्ट जर्जलाई ५२–२९ ले पराजित गर्दै अमरदीपसंग फाइनल भेट पक्का  गर्यो । युनिभर्सलका सिमान्त चौधरीले २४ अंक जोडेका थिए । अर्को सेमिफाइनलमा ऐश तामाङको ६ अंक सहयोगमा अमरदीपले सिल्भर स्राइनलाई १३–१० ले हराएको थियो ।

सिनियर गल्र्सको सेमिफाइनलमा युनिभर्सलले सिल्भर स्राइनको चुनौती २५–१० ले समाप्त पार्यो । युनिभर्सलको जितमा संगीता फुयालले १४ स्कोर गरिन् । अर्को सेमिफाइनलमा पिक प्वाइन्टले दीक्षान्तरलाई १६–१० ले पाखा लगायो । पिक प्वाइन्टकी सुजना श्रेष्ठले ८ अंक बटुलिन् ।

जुनियर ब्वाइजको राउन्ड रोविन लिगमा युनिभर्सलले गोल्डेन गार्डेनमाथि १६–७ को जित निकाल्यो । विजेताका रोजल खरेलले ९ अंक जोडे ।