विचार/ब्लग

नारीलाई आरक्षण होईन, स्तरबृद्धी गरौं, एन्जेला मार्केल आरक्षणबाट शक्तीशाली भएकी हुन् र ?

स्कुलमा रिजल्ट आउने तयारी हुदै थियो, कक्षा ५ मा जेहेन्दार तथा मेधावी कहलिएको विद्यार्थी म, सबैले दोस्रो हुने दावेदारी प्रस्तुत गरेका थिए । कारण त्यो कक्षामा सधै केटी मात्र प्रथम हुने प्रथा जस्तै बनिसकेको थियो तर एकाएक दोस्रो स्थानमा प्रथम हुनेको नाम आएपछि सबको नजर म माथि पर्यो र मेरो नाम प्रथम स्थानमा आयो ।

“संकुचित नारीवादले स्वच्छ प्रतिस्पर्धा हुने ठाउँमा अयोग्य नारीले पदलाई न्याय गर्न नसक्दा अनि समृद्धि सम्भव होला ? प्रधानन्यायधीश शुशिला कार्की महिला भएकै कारणले यस पदमा अवश्य पुगेकी होइनन् । न त अन्जेला मोर्केल, सक्षमता विकास गरौ लागि आफू प्रष्ट गन्तब्य तय गरौं”

त्यसपछि बधाई दिनेको ओहिरो लाग्यो । सम्पूर्ण स्कुलका विद्यार्थीहरुको र मेरा साथीहरुको उत्सव थियो एक नारीको हारको । मलाई पनि बदला पुरा भएको अनुभूति आवश्य भएको थियो तर उनको सुमन बधाई भन्ने भावना र कत्तिपनि बिचलित नभएको प्रस्तुतिले मलाई त्यो बदलाको भावनालाई दवाएर राखिदियो ।

मैले प्रिन्सिपल सरलाई सोधें म भन्दा खुसि किन अरु छन् ? सरले भन्नुभयो यो उत्सव होइन सुमन, यो नैराश्यता हो ,यहा पोथी बासेको भन्छन बुद्धिजीवीहरु, यो अहिलेको मात्र होइन धेरै वर्ष देखिको हो, ऋषिमुनिहरूको काल देखि नै नारी अघि बढ्दा को नैराश्यता ।
मलाई बाबाले पाउनु भएको भन्दै हिड्ने र मैले मम्मीको होइन बाबाले बुबु खुवाउनु भएको भन्ने मेरो घर नजिको भाईको यो भनाई मलाई सत्य नै लाग्थ्यो । किनको उसले आमाको प्रशव पींडा देखेको थिएन । न त आमा बिरामी भएर बाबाले डेरीको दुध खुवाएको देखेको होस । हाम्रो शास्त्रीय साहित्यले लेखेको छ स्त्रीको हालीमुहाली चल्ने ठाउमा छिटै बिनाश हुन्छ यो सहि नै हो ।

किनकि यसमा नारीलाई अज्ञानता र बुद्धिहीनको पर्यायको रुपमा हेरिन्थ्यो र स्त्री शब्दले लिङ्ग नभएर सम्पूर्ण त्यो पिछडिएका वर्गको प्रतिनिधित्व गरेको थियो। सृष्टिकर्ताले फरक क्षमता बनाएर झेल अवश्य गरेकै हुन् तर खुला प्रतिस्पर्धामा रोक भने लगाएका छैनन् र नारी शक्तिको सम्मान गरेका छन् ।

गाउँमा नारी हिंसा बन्द गर, छोरीलाई स्कुल पठाऊ भन्ने पुस्ता मेरो नै थियो, भ्रुण हत्या बन्द गर भन्दै ट्वीट गर्ने पनि मेरै पुस्ता हो तर मलाई यो सब गर्दा लाग्थ्यो कि म नै अन्तिम पुस्ता हुँ । जसले लिङ्ग विभेदको मुद्दा उठाउदै छ तर यो त पुस्तौं पुस्ताको रिति रहेछ जसमा हामीले धेरै प्रगती हाँसिल गरिसकेका रहेछौँ ।

एकजना दिदीले प्रश्न सोधिन कि म आइमाई हुँदैमा किन आलोचना धेरै खेप्नु पर्ने ? मैले भने तिमि आइमाई हैनौ, बरु. म र मेरो भन्ने यो विचित्रको शब्दले मेरो स्वामित्वको चिज भन्ने जनाउछ मैले भन्ने उत्तर दिएँ । मानिसको स्वाभाविक प्रकृति हो आफ्नो चिजलाई आलोचना हेला गर्ने र अरुकोलाई सम्मान ।

मैले बहिनीलाई पुनः यहि भन्छु कि तिमि छोरो हौ किनकि म तिमीलाई निरुत्साहित गर्न चाहन्न, तिमीलाई छोरोमा नै सब उर्जा छ भन्ने लाग्छ भने अवश्य तिमीमा दृढ बिश्वास आउनेछ र मैले भन्दा धेरै राम्रा काम गरेर तिमीले आफ्नो नाम राख्न सक्छौ, बाबाआमालाई भोली तिमीले नै पाल्नेछौ ।

नारी दिवस किन मनाइन्छ ? दिवस भनेको महत्वपूर्ण चिजको महत्वको स्मरण गर्न मानिन्छ । जस्तै पृथ्वी दिवस, स्वास्थ्य दिवस आदि, नारीको महत्व नबुझ्ने कोहि छैन तर पनि यो दिवस मनाउन बाध्य छौं, हामी । कारण हामी नारी अन्याय विरुद्ध जग हालिसकेको अवस्था छ र यसलाई मुहुर्त रुप दिन भने बाँकी नै छ । किनकि संकुचित नारीवादको भुत हामीलाई उतार्नु छ र पुरुष बिनाको समानान्तर कार्य असम्भव छ भन्ने भावाना ल्याउनु जरूरी देखिन्छ ।

यसमा तर्क छ कि नारी हुँदैमा अवसर पाउने वा बन्चित हुने भन्ने भ्रम चिरौ । संकुचित नारीवादले स्वच्छ प्रतिस्पर्धा हुने ठाउँमा अयोग्य नारीले पदलाई न्याय गर्न नसक्दा अनि समृद्धि सम्भव होला ? प्रधानन्यायधीश शुशिला कार्की महिला भएकै कारणले यस पदमा अवश्य पुगेकी होइनन् । न त अन्जेला मोर्केल, सक्षमता विकास गरौ लागि आफू प्रष्ट गन्तब्य तय गरौं र यसमा बाधा पार्ने विरुद्ध पनि खबरदारी अवश्य गरौं सम्पूर्ण नारी शक्तिलाई सम्मान एवंम् शुभकामना  !

(चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस)