राजनीति

भारतले गोली चलाई नेपाली मारेकोमा काँग्रेस सभापति देउवाले गरे भारतको यसरी कडा बिरोध

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कंचनपूर घटनामा भारतीय सुरक्षाकर्मीको गोली लागी मृत्यु भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्, सरकारको समेत प्रतिकृया आईनसकेकाबेला सभापति देवाले तको कदमको बिरोध गर्दै बिज्ञप्ती निकाल्नुले देउवाप्रतिको राष्ट्रियता देखिएको हो कि भन्ने भान हुन्छ । बिहीबार एक बिज्ञप्ती जारी गर्दै पूर्बप्रधानमन्त्री समेत रहेका देउवाले

“मिति २०७३ साल फागुन २६ गते कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका वडा नं। ८ आनन्दबजार नजिक नेपाल–भारत सिमानामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट स्थानीय व्यक्ति वर्ष २५ का गोविन्द गौतमको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यान आकृष्ट भएको छ । यस दुःखद घटनाको म भत्र्सना गर्दछु । नेपाल–भारत दुवै देशका स्थानीय अधिकारीहरु बीच गत फागुन ७ गते भएको सहमति अनुसार पुर्नवास नगरपालिकाले निर्माण गरेको कल्भर्ट भारतीय पक्षले भत्काएपछि उत्पन्न विवादमा गोली प्रहार हुनु अत्यन्त दुःखद, खेदजनक र दुर्भाग्यपूर्ण घटनाको रुपमा मैले लिएको छु ।” भनेका छन्

सभापति देउवाले, “एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकको नागरिक भारतीय पक्षको गोली प्रहारबाट मारिनु अत्यन्त गम्भीर घटना हो । यो घटनाको सम्बन्धमा भारतको उच्च कुटनीतिक तहमा पहल गरी घटनाको यथार्थ छानविन गरी दोषी माथि कार्वाही अगाडि बढाउन, मृतक गोविन्द गौतमको परिवारलाई क्षतिपूर्ति दिन, घाइतेहरुको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्नुका साथै नागरिकको जीउधनको सुरक्षा गर्ने लगायतका सबै दायित्व पुरा गर्न नेपाल सरकारसँग माग गर्दछु ।” भाबना ब्यक्त गरेका छन् ।

‘यस घटनामा ज्यान गुमाएका गोविन्द गौतमको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’ बिज्ञप्तीमा उल्लेख छ ।

बिज्ञप्ती