आर्थिक

यसरी रेडक्रश सोसाईटिलाई १० लाख अमेरिकि डलर सहायता गरियो

काठमाडौं । गत वर्ष काठमाडौंमा संगितप्रेमीहरु माझ मे महिनामा आयोजना भएको कोका–कोला नेपथ्य लाइभ इन कन्सर्टको मनमोहक संगितिक प्रस्तुती पछि प्रसिद्ध ब्याण्डले पोखराका संगित प्रेमीहरुलाई आकर्षित गर्ने भएको छ । नेपथ्यले यहि शनिवार चैत्र २६ गते पोखरा रंगशालामा लाइभ प्रस्तुती दिने भएको छ, कन्सर्टको लागि ४ः४५ बजेदेखि ढोका खुल्नेछ भने सांगितिक कार्यक्रम बेलुका ६ः४५ बजेदेखि शुरु हुनेछ । यस इभेन्टको आयोजना तथा व्यवस्थापन इभेन्ट म्यानेजमेन्ट कम्पनी ब्याडवागन बाई पोजिटिभ भाइब्सले गरेको छ भने यस कार्यक्रमबाट उठेको रकमबाट श्री मनिला गौरिशंकर उच्च मावि, लवाङ घलेल तथा श्री भूमेश्वर उच्च माध्यमिक विद्यालय, सल्यानको पूर्वाधार विकास तथा अति बिपन्न विद्यार्थीहरुको शिक्षाका लागि खर्च गरिने आयोजकले बताएको छ ।

गत वर्ष काठमाडौंमा आयोजना गरिएको भव्य र शानदार लाइभ कन्सर्टले सांगितिक क्षेत्रमा अत्यधिक उत्साह सिर्जना गरेको थियो, जून आफ्नो उद्देश्यमा निकै सफल हुनुका साथै २०७२ सालको भूकम्पबाट अति प्रभावित मानिसहरुलाई सहयोग गर्न सफल भएको थियो । करिब १० हजार संगितप्रेमीहरुका बिचमा आयोजित कन्सर्टबाट उठेको सहयोग चाईल्ड प्रोटेक्सन नेपाल, वर्क फर अ कज नेपाल, सानो पाईला, वील, ऐश्वर्य चिल्ड्रेन होम तथा रेज अफ होप नेपाल नामक गैर सरकारी संस्थाहरुलाई प्रदान गरिएको थियो ।

‘कोका–कोला फेरी उठ्ने छ नेपाल’ अभियान कोकाकोला कम्पनीको सन २०१५ देखिको निरन्तरता हो जसले २०७२ सालको भूकम्पपछि नेपाली नागरिकहरुले देखाएको सकारात्मक सोच र धैर्यतालाई सम्मान गर्दछ । यो अभियान यसको स्मृति, गान र सांगितिक भिडियोसहित नागरिकहरुलाई राष्ट्र पुर्ननिर्माणमा उत्साहित गर्न आधिकारिक रुपमा घोषणा गरिएको थियो ।

कन्सर्टको बारेमा, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित भार्शनेले भने, कोका–कोला र संगित बिचको सहकार्य नयाँ होईन र यो कार्यक्रमको हिस्सा बन्न पाउँदा हामी निकै हर्षित भएका छौं, जसले नेपालका नागरिकहरुलाई एकताबद्ध बनाउँदै सच्चा संगितिक कार्यको साथमा राष्ट्र पुनर्निमाणमा लाग्न अभिप्रेरित गर्दछ ।

नेपथ्य व्याण्डका बारे
नेपथ्य व्याण्ड नेपाली साङ्गीतिक आकाशमा एउटा यस्तो नाम हो जसले चर्चा र सामाजिक पहिचान दुवै उही स्तरमा प्राप्त गरेको छ । यसको २१ वर्षिय इतिहासमा नेपथ्यले आफुलाई एउटा ट्रेन सेटरको रुपमा स्थापित गरि सकेको छ । लोक संगीतलाई पप र रक संग संयोजन गरेर युवा जमात माझ लोकप्रिय बनाउने कामको शुरुवात यिनैले गरेका हुन् । विभिन्न लोक लय नै नेपथ्य व्याण्डको जीवन बनेर रहेका छन् । यसका साथै नेपथ्य व्याण्डका गीतले नेपालको वर्तामान स्थितिलाई पनि झल्काउनुका साथै एक कलाकारले कल्पना गर्ने आशाको किरणलाई पनि व्यक्त गरेको हुन्छ । समालोचकहरुले सबैभन्दा व्यावहारिक व्याण्डका रुपमा परिभाषित गरेका छन् ।

सन् १९९० मा दिपक राना (हाल चपर पाईलट) भिम पुन (हाल हङकङमा स्थापित) र अमृत गुरुङ्ग मिलेर सुरुवात गरेको नेपथ्य व्याण्डले नेपालका धेरै संगीतकारलाई मञ्च प्रदान गरेकोछ ।

अहिले सम्म २१ जना सदस्यहरु यसको हिस्सा भई गइ सकेका छन् तर नेपथ्य व्याण्ड र यसको चर्चा प्रतिभाशाली संगीतकारहरुका लागि सफलताको सिंढी बनेको छ । जहाँ नेपालमा संगीत एउटा टिकाउ पेशा बन्न सकेको छैन, संगीतकारहरुबाट लामो प्रतिबद्धता प्राप्त गर्न अत्यन्तै दुर्लभ रहेको छ ।

अमृत गुरुङ्ग नेपथ्य व्याण्डको अभिवावक, अगुवा र वर्तमान अवस्थामा लिड भोकलिस्ट रहेका छन् । अहिले सम्म ८ एल्वम निकालि सकेको नेपथ्यले ९० दशकको शुरुवाति छेक्यो छेक्यो देखि ९० को मध्य तिरको जोमसोमै बजार, २००१ को रेशम र २००३ को भेंडाको ऊन जस्तो सम्म आइपुग्दा बजारमा आफ्नो वर्चश्व कायमै गरेको छ ।

फेरि उठ्नेछ नेपाल अभियानको बारेमा
वैशाख १२,२०७२ का दिन आएको भूकम्प पश्चात् नेपाली जनताले देखाएको अदम्य साहस र सकारात्मक विचारबाट प्रभावित भएर अगस्ट २०१५ कोका–कोलाले फेरि उठ्ने छ नेपाल अभियान र यस संग सम्वन्धित नेमोनिक, गीत र म्युजिक भिडियो लन्च गरेको थियो ।

रञ्जीत आचार्यद्वारा लिखित र जेम्स प्रधानद्वारा संगीतबद्ध गरिएको फेरि उठ्ने छ नेपाल गीतमा आनि छोइङ डोल्मा, सुगम पोखरेल, जेम्स प्रधान, इन्दिरा जोशी, एड्रिएन प्रधान, निर्णय दा एनएसके, दिपक बज्राचार्यका साथै युवा गायकहरु रोहित जोन क्षेत्री, सोमिआ बराइलि, कमल खत्री, एड्रेका साथै माइती नेपालका ८ जना युवा गायक–गायिका समुहले स्वर दिएका थिए। गीतले भूकम्प पश्चात् नेपाली जनताले देखाएको अदम्य साहस र सहयोगको उदाहरण दिंदै नेपालको पुनर्निर्माणमा सहभागी बन्न नेपाली जनतालाई प्रोत्साहीत गर्ने उद्देश्य लिएको थियो ।

यस फेरि उठ्ने छ नेपाल अभियान कोका–कोला कम्पनीले नेपालको पुनर्निमार्णमा धेरै कार्य गरिसकेको छ । कम्पनीले सपोर्ट माई स्कुल योजना अन्तर्गत युएन हेविट्याटसंगको सहकार्यमा विभिन्न भूकम्प प्रभावित क्षेत्रहरुमा विद्यालय निर्माणको कार्य गरि सकेको छ ।

कम्पनीले अमेरिकन नेशनल रेडक्रश सोसाईटिलाई १० लाख अमेरिकि डलर सहायता स्वरुप प्रदान गरेको छ । साथ साथै भूकम्पको लगत्तै शुद्ध खाने पानी उपलब्ध गराउने उद्देश्यले विभिन्न अस्पताल तथा अस्थायी शिविरहरुमा किन्ले बोटल वाटर पनि वितरण गरेको थियो ।