खेलकुद

नेपालमा तेक्वान्दो खेलको विकासका लागि कुकिवनसँग सम्झौता

काठमाण्डौ । नेपाल तेक्वान्दो संघ र विश्व तेक्वान्दोको मुख्यालय(कुकिवन)बीच नयाँ सम्झौता भएको छ । नेपालको तेक्वान्दो खेल विकासका लागि ती दुई संस्थाबीच सम्झौता भएको हो ।  दक्षिण कोरियास्थित तेक्वान्दोको मुख्यालय कुकिवनमा बिहिबार भएको सम्झौतामा नेपालमा तेक्वान्दो खेलको विकास अभियानलाई तिव्र पार्ने लक्ष्य लिइएको छ । बिश्व तेक्वान्दो मुख्यालयका अध्यक्ष डा.ओ ह्युम डेक तथा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाबिच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

सम्झौतापत्रमा नेपाल तेक्वान्दो संघ र बिश्व तेक्वान्दो मुख्यालय कुकिवनको सहकार्यमा बिभिन्न तालिम र प्रतियोगिता आयोजना गर्नेछ । जसमा तेक्वान्दो सम्बन्धी बिकासका कार्यक्रम योजनाबद्व रुपमा अगाडी बढाउने बिषयमा समेत छलफल भएको संघका महासचिव दिपराज गुरुङले बताए ।

सो कार्यक्रममा नेपालका तर्फबाट नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङ्ग तथा नेपालमा रहदै आएका कोरियाली तेक्वान्दो प्रशिक्षक क्वान योङ्ग दलले सहभागीता जनाएका थिए ।

गुरुङले यो सम्झौता नेपाली तेक्वान्दोका लागि ऐतीहासिका भएको बताउदै नेपालको तेक्पान्दो खेल विकासमा महत्वपुर्ण कडिको रुपमा रहने बताए । संघका अध्यक्ष राणाले सम्झौता पश्चात नेपाली तेक्वान्दो खेलाडीले प्राप्त गर्ने प्रशिक्षण लगायत अन्य सुविधाले उनिहरुको खेलस्तर बढ्ने बताए ।