आर्थिक

कोरियामा पुरुषको भन्दा महिलाको तलब दुई तिहाई कम

सोल । दक्षिण कोरियाका १० ठूला व्यवसायिक समूह र आबद्ध कम्पनीले भुत्तानी गर्ने बार्षिक तलबमा पुरुषभन्दा महिलाको दुई तिहाइले कम देखिएको छ ।

चेबल डटकमका अनुसार गत बर्ष महिला कामदारले ५ करोड ४२ लाख २० हजार वन बुझेका थिए । यो पुरुष समकक्षीको तुलनामा ६१.८ प्रतिशतले कम हो ।

मंगलबारको कारोबारमा लेखिएको छ, महिलाको यो आम्दानी औसत पुरुषको ८ करोड ७५ लाख ७० हजारको दाँजोमा ६१.८ प्रतिशतले कम हो ।