राजनीति

अहिलेसम्म शीर्ष नेतासहित बिशिष्ट राजनीतिक व्यक्तीत्वहरुमा कसले कँहाबाट मतदान गरे र गर्दैछन् ? (विस्तृतमा)

काठमाण्डौ । बिराटनगर महानगरपालिकामा झाण्डै एक दर्जन पूर्बमन्त्रीहरु तथा ठूला पर्टीका नेताहरुले मतदान गरेका छन् बिराटनगरमा डा.शेखर कोईराला साईकल चढेर मतादन गर्न मतदान केन्द्र आएका थिए भने सुजाता कोईराला, महेश आचार्य, डा. मीनेन्द्र रिजाल, डा.डीला संग्रौला, अमृत अर्याल, उपेन्द्र यादब, गिरिराजमणी पोख्रेल, गोपी आछामी लगायतले मतदान गरेका छन् ।

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले गुल्मीको रुरु गांउपालिकाबाट मतदान गरेका छन् । राप्रपा नेता तथा पूर्वमन्त्री दिपक बोहोराले भैरहवाबाट, प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट, एमाले उपाध्यक्ष भीम रावलले अछामको साफेबगर नगरपालिकाबाट, अर्का एमाले उपाध्यक्ष बामदेब गौतमले बर्दियाको बाँसगढी नगरपाकिा ८ स्थीत त्रिभूवन उच्च माविबाट मतदान गरेका छन् ।

नेपाली काँग्रेसका पुराना नेता कुलबहादुर गुरुगं र एमाले नेता सुवाशचन्द्र नेम्वांगले ईलामको बालमन्दिर केन्द्रबाट मत खसालेका छन् ।उपप्रधान एबमे परराष्ट्मन्त्री कृष्णबहादुर महराले रोल्पा नगरपालिका वडानम्बर १ बाट मतदान गरेका छन् । सभामुख ओनसरी घतीले पनि बिहान ८ बजे मतदान गरेकी छिन् । पूर्व अर्थमन्त्री तथा माओबादी केन्द्रका नेता बर्षमान पुनः अनन्तले रोल्पाको बालउदय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

इलामबाट अर्का एमाले नेता झलनाथ खनालले समेत मतदान गर्दैछन् । एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापा भएपनि उनले झक्तपुरबाट नै पहिलो चरणको निर्बाचनमा मतदान गरिसकेका छन् ।

काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, माहामन्त्री डा.शसांक कोईराला, पूर्व महामन्त्री प्रकाशमान सिंहले मतदान गरिसकेका छन् भने नेता बिमलेन्द्र निधिले तेस्रो चरणको निर्बाचन अर्थात आश्विन २ गते जनकपुरबाट मतदान गर्ने जनाईएको छ । माओबादी अध्यक्ष पुष्पकमल दहालले भरतपुरबाट पहिलो चरणको निर्बाचनमा मतदान गरिसकेक छन् ।