पु.समाचार

एकसाता भित्रै मन्त्रिपरिषद बैठक विस्तार हुँदै

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक साताभित्र मन्त्रिपरिषद विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन् । पार्टिभित्रको किचलोका कारण देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् चने आफ्नै सचिवालयसमेत बनाउन सकेका छैनन् ।

मन्त्रालयको भागवण्डामा असन्तुष्टि जनाउँदै पौडेल पक्षले मन्त्री पठाउने कि नपठाउने भन्ने निर्णय लिन सकेको छैन । पौडेल पक्षले ६ जनाको दावी गरेको छ । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले अबको एक साताभित्र मन्त्रिपरिषद विस्तार हुने बताए ।

माओवादी केन्द्रका अध्यष प्रचण्डले पनि सरकारमा पठाउने मन्त्रीहरुको बारेमा छलफल गर्न गृहकार्य अघि बढाउका छन् ।

आइतबारको नेपाल समाचारपत्रमा लेखिएको छ, माओवादी केन्द्रबाट उपप्रधानमन्त्रीसहित तीन जना मन्त्री सहभागी भइसकेका छन् भने, थप ६ जना मन्त्री पठाउन बाँकी छ ।