पु.समाचार

शनिबार राती आएको बाढीमा परेर रामेछापमा पुल र गाउँ बग्यो !

काठमाण्डौ । रामेछापमा भीषण वर्षापछि आएको बाढीले केही घर र सडमार्गको पुल बगाएको छ । जिल्लाको लिखु र गोकुलगंगा गाउँपालिकाको सीमानास्थित पुल र त्यहाँका केही घरहरु बगाएको हो ।

राती एक्कासि आएको बाढीले घर बगाउँदा आधा दर्जन स्थानीय बासिन्दा घाइते भएको बताइएको छ । उनीहरुको उद्धार गरिएको प्रहरीले बताएको छ ।

बाढीमा बग्ने घरहरुमा खाजा खाने होटल समेत रहेको बताइएको छ । घटनास्थल रामेछाप सदरमुकाम मन्थलीबाट करिब ११ किलोमिटरको दुरीमा रहेको छ ।