खेलकुद

टिसाले राखिन् राष्ट्रिय कीर्तिमान

काठमाडौं। हङ्गेरीको बुढापेष्टमा जारी १७ औं फिना विश्व च्याम्पियनसिप पौडी प्रतियोगितामा नेपाली खेलाडी टिसा शाक्यले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।
शाक्यले १०० मि. ब्रेष्ट स्ट्रोक १ मिनट २६.१३ सेकेन्डमा पूरा गर्दै गौरिका सिंहको नाममा रहेको राष्ट्रिय कीर्तिमानलाई भंग गरेको नेपाली टोली व्यवस्थापक पारस श्रेष्ठले जानकारी गराएका छन् ।

यस अघि उक्त दूरीमा गौरिकाले २०१५ मा काठमाडौंमा सम्पन्न २० औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा १ मिनट २६।७२ सेकेन्डका साथ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन् ।