राजनीति

राजीनामा दिन भन्दै सिंहदरबार छिरेका महान्यायाधिवक्तालाई प्रधानमन्त्री देउवाले किन फर्काए ?

काठमाण्डौ । पदबाट राजीनामा दिन कार्यालय बाट बिदा भएर सोमबार सिंहदरबार पुगेका महान्याधिवक्तालाई प्रधानमन्त्री शेर बहादुर देउवाले अझै केही समय पर्खन भन्दै फर्काएका छन् ।

महान्यायधिवक्ता रमनकुमार श्रेष्ठ दिउँसो साढे चार बजे राजीनामा दिने भन्दै कार्यालयबाट बाहिरिएका थिए । तर, प्रधानमन्त्री कार्यालयबाट फर्केका श्रेष्ठले पुन महान्यायधिवक्ता कार्यालय पुगेर प्रधानमन्त्रीलाई भेटेर मात्र फर्किएको जानकारी गराए ।

मंगलबारको अन्नपूर्णमा लेखिएको छ, श्रेष्ठले भने, मैले राजीनामाको कुरा गर्दा प्रधानमन्त्रीले अकिले पर्खनुहोस् भन्नुभयो ।