राजनीति

दुई नम्बर प्रदेशमा यसरी अघि बढ्दैछ कांग्रेस, को-को नेताहरु पुगे जनकपुर ? (नामसहित)

काठमाण्डौ । तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी प्रमुख दलहरुले जनकपुरलाई केन्द्र बनाएर दुइ नम्बर प्रदेशको चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

बुधबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि कृष्णप्रसाद सिटौला, महाममन्त्री शशांक कोईराला, कोषाध्यक्ष सीतादेवी र कृषि मन्त्री रामकृष्ण यादव जनकपुर आएर प्रचारप्रसार अगाडी बढाएका छन् ।

विहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहलगायत नेताहरु जनकपुर आउने कार्यक्रम छ ।

बिहीबारका पत्रपत्रिकाहरुले समेत यो समाचारलाई महत्वका साथ प्रकाशित गरेका छन् । तर मधेसका प्रभावशाली दलहरु भने अझै काठमाण्डौमै बैठकमा व्यस्त छन् ।