समाचार

डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै

काठमाण्डौ । चिकित्सा शिक्षा सुधारलगातका माग राखेर अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

शुक्रबारको नागरिकमा लेखिएको छ, अनशनको एघारौं दिन बिहीबार केसीको रक्तचाप निकै कम हुनका साथै महत्वपुर्ण अंग सञ्चालनमा आवश्यक पर्ने ईलेक्टोलाईडको मात्रा घटेको उपचारमा संलग्न डा. दिब्यासिंह शाहले बताईन् ।