उर्जा

नेपाल–भारत विद्युत आदान प्रदान समितिको बैठक बस्दै

काठमाण्डौ । नेपाल-भारत विद्युत आदानप्रदान समितिको ११ औं बैठक ६ बर्षपछि आउँदो मंगलबार भारतको राजधानी नयाँ दिल्लीमा हुने भएको छ । विद्युत आयात र विधुतको मुल्य तोक्ने जिम्मेवारी पाएको यो निकायको बैठकमा नेपालले विभिन्न चार प्रस्ताव गरेको छ ।

शुक्रबारको कारोबारमा लेखिएको छ,  भारतको केन्द्रीय विधुत् प्राधिकरणले आगामी बुधबार साउन २५ मा बैठकका लागि प्रस्ताव गरेकोमा नेपाल विधुत प्राधिकरणले आगमी साउन २३, २४ र २५ गते बस्न सकिने प्रस्ताव थियो ।