अन्तर्राष्ट्रिय

पाकिस्तानका नयाँ प्रधानमन्त्री अब्बासीद्वारा पद तथा गोपनियताको सपथ, ४६ सदस्यीय मन्त्रिमण्डल गठन

काठमाण्डौ । पाकिस्तानका नयाँ प्रधानमन्त्री सहिद खक्वान अब्बासी र उनको मन्त्रिपरिषदका सदस्यहरुले आज शपथ लिएका काठमाण्डौ । पाकिस्तानका नयाँ प्रधानमन्त्री सहिद खक्वान अब्बासीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

पाकिस्तानका नयाँ प्रधानमन्त्री सहिद खक्वान अब्बासी र उनको मन्त्रिपरिषदका सदस्यहरुले आज शपथ लिएका हुन् । खक्वान तीनदिन अघिमात्र पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । उनले ४६ सदस्यीय मन्त्रिमण्डल गठन गरेका पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । सोही मन्त्रिमण्डलले आज राजधानी इस्लामावादमा पाकिस्तानी राष्ट्रपति ममनुन हुसेनसँग आफ्नो पद तथा गोपनीयताको शपथ लिएको पाकिस्तानी सरकारी टेलिभिजन, पिटीभीले जानकारी दिएको छ ।

पाकिस्तानको सर्वाेच्च अदालतले गत आज प्रधानमन्त्री नवाज सरिफमाथि भ्रष्टाचारको आरोपलाई लिएर प्रधानमन्त्रीको पदमा बस्न अयोग्य घोषणा गरेपछि सरिफले राजिनामा दिएका थिए । यद्यापी यस भ्रष्टाचारको विषयमा त्यहाँको न्यायिक निकायले अनुसन्धान भने जारी नै राखेका बताइएको छ । पूर्व प्रधानमन्त्री सरिफलाई अदालतले प्रारम्भिक रुपमा भने दोषी ठहराएको हो । त्यसपछि गत मङ्गलबार पाकिस्तानी संसदले अब्बासीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो । आफू प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै उनले ४६ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् । तर आज सो मन्त्रिपरिषदका ४३ जनामात्र सदस्यले शपथ ग्रहण गरेको समाचारमा जनाइएको छ । यस बारेको थप जानकारी दिइएको छैन ।
यसैबीच, पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री सहिद खक्वान अब्बासीले चीन पाकिस्तान आर्थिक कोरिडोर नामक आयोजनाको सकुशल कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताएका छन् । साथै उनले यस आयोजना अन्तर्गतका अरु सबै आयोजनाको सफल एवम् समयमै पूर्णता, कार्यान्वयन र सम्पन्नताका लागि आफैले निरीक्षण गरी अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । बिहीबार साँझ चिनियाँ राजदूत र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच द्विपक्षीय भेटवार्ता भएको थियो । सो भेटवार्ताका क्रममा चिनियाँ राजदूतले चिनियाँ प्रधानमन्त्रीका तर्फबाट उनलाई बधाई पनि ज्ञापन गरेका थिए ।