खेलकुद

युइएफए सुपर कप फाईनलमा रियल म्याड्रिडले (२-१) गोलले हरायो युनाइटेडलाई

२५ साउन, काठमाण्डौ- गत राति मंगलबार भएको (युइएफए सुपर कप)को खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई खेलको २४ औँ मिनेटमा नै अग्रता लिएको थियो ।
क्यासिमेरोले म्याड्रिडका लागि पहिलो गोल गरेका हुन् भने इस्कोले ५२ औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर पारे । युनाइटेडका लागि लुकाकुले ६२ औँ मिनेटमा गोल गरे । त्यसपछि दुवै टिमले पाएका अवसर सदुपयोग हुन सकेन ।
खेलमा ६३ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको म्याड्रिडले युनाइटेडमाथि दबाब राखेको थियो । युनाइटेडले आउँदो आइतबार वेस्ट हाम युनाइटेडसँग र म्याड्रिडले आउँदो आइतबार नै स्पेनिस सुपर कपमा बार्सिलोनासँग खेल्दै छ ।

७ मिनेट मात्र खेले रोनाल्डो

खेलमा रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ७ मिनेटका लागी मात्रै खेले पनि ६३ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्न सफल थियो म्याड्रिड । रियल म्याड्रिडले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले हराएर युएफा सुपर कपको उपाधि जितेको हो । खेलमा रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो खेल्ने नखेल्ने चर्चाकाबिच उनी ७ मिनेटका लागि मात्रै मैदान प्रवेश गरे ।