पु.समाचार

डा भट्टराईलाई भेट्न अध्यक्ष ओली अस्पतालमा

काठमाडौँ, २५ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

डा भट्टराईको स्वास्थ्यअवस्थाबारे बुझ्न आज दिउँसो ओली भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पताल पुगेका ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए ।
भेटका क्रममा ओलीले पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईको स्वास्थ्यलाभको कामना गरेका थिए । भेटमा डा भट्टराई पत्नी एवं नयाँ शक्ति पार्टीकी नेत्री हिसिला यमी, पूर्वउद्योगमन्त्री महेश बस्नेत सहभागी थिए ।

मुत्रनलीमा समस्या भएपछि भट्टराई ६ दिन अघि अस्पतालमा भर्ना भएका थिए ।