सूचना प्रविधि

सूचना प्रविधि क्षेत्रमा काम गर्नेलाई सम्मान गरिदै

काठमाडौँ । सूचना प्रविधिको क्षेत्रको विकास र विस्तारमा सहयोग पुर्याउने उद्देश्यले आगामी भदौ १ गते दोस्रो ‘आइसिटी अवार्ड–२०१७’ दिइँदैछ ।  आइसी टेक मिडियाले सूचना प्रविधिका क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्ने मिडियाका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

‘अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहनको अवसर’ भन्ने नारासहित आइसिटी क्षेत्रमा काम गर्नेलाई सम्मान दिइनेछ । उनका अनुसार बेष्ट आइसिटी स्टार्टअप कम्पनी अवार्ड, बेष्ट इनोभेटिभ अवार्ड, आइसिटी पायोनियर अवार्ड, आइसिटी स्कलर अवार्ड र वेष्ट नेपाली डायस्पोरा आइसिटी दिइनेछ ।