समाचार

गर्ने हैन त, देशको रक्षा ! नेपाल प्रहरीमा भर्ना खुल्यो !!

काठमाण्डौ, ३१ साउन । नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुलाएको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै नेपाल प्रहरीले बिभिन्न पदका लागि १ हजार १ सय ७२ जना जनशक्ति माग गरेको छ ।

प्रहरी निरीक्षकमा ९१ जनाको माग गरिएको छ । ९१ जना मध्ये ४९ जना खुल्ला तर्फबाट छनौट गरिनेछ । २ जना अमर तथा अशक्त प्रहरीको परिवार, १२ जना आदिबासि जनजाति, १२ जना दलित ८ जना महिला र ६ जना मधेसी र २ जना पिछडा वर्गका कोटा लागि छुट्टाइएको छ । प्रहरी निरीक्षकमा दरखास्त दिनेले फाराम बापत ७ सय रुपैयाँ तिर्नुपर्छ ।

त्यसैगरी प्रहरी सहायक निरीक्षकको लागि ३ सय १४ जनाको माग गरिएको छ । जसमा १६९ खुल्लातर्फबाट माग गरिएको छ । बाँकि ६ अमर तथा अशक्त प्रहरीको परिवार, ४४ जना आदिवासी जनजाति, ३९ मधेसी २८ महिला, २१ जना दलित तथा ७ जना पिछडा वर्गको लागि कोटा छुट्टाइएको छ । यसको आवेदन फारामबापत भने ३ सय रुपैयाँ बुझाउनुपर्ने छ ।

प्रहरी जवानमा भने ७ सय ६७ जना माग गरिएको छ । जसमध्ये ४ सय १४ खुल्लातर्फबाट माग गरिएको छ । अमर तथा अशक्त प्रहरीको परिवारका लागि १५, आदीवासी जनजातीका लागि १ सय ८ जना, मधेसी ९४, महिला ६८ ,दलित ५१ र पिछडा बर्गका लागि १७ जना कोटा छुट्टाइएको छ ।

यसका लागि भने आवेदन फारम शुल्क १ सय रुपैयाँ रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।