ब्रेकिङ न्युज

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा पठाउन आदेश

२१ जेठ, काठमाडौं । टिकटकर तुल्सी अधिकारीलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ।

जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले आज अधिकारीलाई पुर्पक्षका लगि थुनामा पठाउने आदेश गरेको हो।

अधिकारीविरुद्ध एक व्यवसायीलाई हनिट्रयापमा पारेर करोडौँ असुलेको आरोप छ। सोही आरोपमा उनलाई आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाइएको हो।

अधिकारीलाई नेपाल प्रहरीले इन्टरपोटलको सहयोगमा थाइल्यान्डमा पक्राउ गरेर ल्याएको थियो।

नवलपरासी पश्चिम घर भई हाल ललितपुरको भैँसेपाटी बस्दै आएकी अधिकारीविरुद्ध यी तीन कसुरमा गत चैतमै मुद्दा दर्ता भएको थियो।

उनले एक व्यवसायीबाट ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ लिएको अभियोग लगाइएको छ।

उनुसन्धानका क्रममा उनको आर्थिक कारोबार अस्वभाविक पाइएको भन्दै सम्पत्ति शुद्धीकरणको कसुरमा २१ करोड बढी बिगो कायम गर्दै मुद्दा दायर गरिएको थियो।

इन्टरपोलबाट २०८२ चैत ३ गते रेड नोटिस जारी गराएको थियो। ती व्यवसायीले तुल्सीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा जाहेरी दिएका थिए।
अदालतमा तुल्सीसहित ९ जना र एउटा पसललाई प्रतिवादी बनाइएको छ।

भारतका मुकेशकुमार धानुका, पोखराकी नेलिका लामिछाने, तेह्रथुमकी दिलुकुमारी लिम्बू, पाल्पाका प्रयास पोखरेल, सल्यानकी सपना वली, नवलपरासीकी गंगा अधिकारी सुवेदी, पाल्पाका मेघनाथ बस्याल र सिरहाका अशोककुमार अग्रवाल रहेका छन्। उनीहरुको तुल्सीले भनेअनुसार व्यापारीबाट रकम बुझेको आरोप छ।

उनको तुलसा कलेक्सनलाई पनि प्रतिवादी बनाइएको छ।