ब्रेकिङ न्युज

भैँसीलाई दानापानी खुवाउँदै गर्दा गोठ भत्किएर १ जनाको मृत्यु

३२ असार, काठमाडौं । गल्याङ नगरपालिका–६ स्थित पिँडीखोलामा गोठ भत्किँदा ६५ वर्षीय धनबहादुर राना मगरको मृत्यु भएको छ।

बिहीबार बिहानै गोठमा रहेका भैँसी र चौपायालाई दानापानी एवं कुँडो खुवाउँदै गरेका मगरको अचानक गोठ भत्किँदा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

गोठ भत्किँदा उनीसँगै एउटा भैँसी पनि मरेको छ भने एउटा बङ्गुर घाइते भएको बताइएको छ। घटनास्थलमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा मृतक मगरको शव बाहिर निकालिएको हो।

केही दिनदेखिको अविरल वर्षाका कारण स्याङ्जाका विभिन्न घरगोठ तथा विद्यालयमा क्षति पुग्नुका साथै पशुचौपाया समेत मरेका छन् ।