पर्यटन/संस्कृति

हिमालय एअरलाईन्सले ल्यायो पर्व विशेष सौगात ! काठमाण्डौं–साउदी दैनिक सिधा उडान !!

काठमाण्डौ । नेपालको इतिहासमै पहिलो पटक, हिमालय एअरलाईन्सले आगामी भदौ १६ गतेदेखि साउदी अरबका लागि सिधा उडान गर्ने भएको छ । दसै तिहारलाई लक्षित गरी पर्व विशेष सौगातको कार्यक्रम ल्याएको एयरलाइन्सले जनाएको छ ।

नेपालीहरुको लागि साउदी अरब, वैदेशिक रोजगारको प्रमुख गन्तव्य बन्दै आउको छ । जहाँ करिब ५ लाख नेपाली युवाले श्रम गरिरहेका छन् । हिमालय एअरलाईन्सले शुरु गरेको दैनिक सिधा उडान साउदीमा बस्ने नेपालीहरुको लागि आउँदै गरेको महान चाँड दशैं तथा दिपावलीमा घर आउनेहरुलाई उपहार सरह हुनेछ । दमाम, साउदी अरब र काठमाण्डौबिच यात्रा गर्ने हजारांै नेपालीहरुलाई यात्राको सहजताका साथै समय र पैसा दुवैको वचत हुनेछ ।

दैनिक उडान संचालन गर्ने हिमालय एअरलाईन्सको विमान उडान नम्बर H9559 त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौँ बाट २२:३० स्थानिय समयमा प्रस्थान गरी किङ्गफाद अन्तराष्ट्रिय विमानस्थल दमाममा अर्को दिनको ००:५० स्थानिय समयमा अवतरण गर्नेछ । त्यसैगरी उडान नम्बर H9560 किङ्गफाद अन्तराष्ट्रिय विमानस्थल दमामबाट ०१:५० स्थानिय समयमा प्रस्थान गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौँमा ०९ :१५ स्थानिय समयमा अवतरण हुनेछ ।

हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठले यात्रुहरुलाई सरल, सुलभ र सुविधाजनक हवाई सेवा प्रदान गर्न आफुहरु तत्पर रहेको भन्दै साउदी अरव यात्रा लामो हुने भएपनि सहज र सुरक्षित रुपमा गन्तब्यमा अवतरण गराउनु मुख्य लक्ष्य रहेको बताएका छन् ।

उक्त्त एअरलाईन्सले काठमाण्डौ-दमाम-काठमाण्डौको लागि शुरुवाती टिकटदर करबाहेक, रु. २३,८०० एकतर्फी र ने.रु ३८,००० दुईतर्फी कायम गरेको छ । त्यसैगरी दमाम-काठमाण्डौ-दमामको शुरुवाती टिकटदर करबाहेक, SAR ८५० एकतर्फी र SAR १,३६० दुईतर्फीकायम गरेको छ । दुवै मार्गहरुमा बिजनेस क्लासको लागि ४० के. जी र इकोनोमीक्लासको लागि ३० के. जीब्यागेज अलाउन्स निःशुल्क गरिएको जनाएको छ ।