पु.समाचार

नेपाल पत्रकार महासंघको महाधिवेशन सुरु हुँदै

काठमाण्डौ । आइतबार नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ केन्द्रको २५ औं महाधिवेशन सुरु हुँदैछ । काठमाण्डौमा सुरु हुने सो महाधिवेशनले नयाँ नेतृत्व चुन्दैछ । आइतबार प्रधानमन्त्री देउवाले महाधिवेशनको उद्घाट गर्नेछन् भने सोमबार मतदान हुने जनाइएको छ । महाधिवेशनमा भाग लिन देशभरका पार्षद्, तथा अन्य पत्रकार काठमाडौंमा भेला भएका छन् ।

कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा आईतबार बिहान शुरु हुने महासंघको उद्घाटन प्रधानमन्त्री शेरदबहादुर देउवाले गर्न हुने महासंघले जनाएको छ । नेतृत्वका लागि प्रस युनियन र प्रेस सेन्टरको साझा गठबन्धन प्यानलबाट गोविन्द आचार्य र प्रेस चौतारीबाट तिर्थ कोइराला उम्मेदवार बनेका छन् । यो पिटक महासंघो नेतृत्व प्रतिष्ठाको लडाई बनेको छ