पर्यटन/संस्कृति

सोमबार पशुपतिमा पितृको नाममा श्राद्ध गर्नेहरुको घुइँचो(हेरौ फोटोफिचर)

काठमाण्डौ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाने गरिन्छ ।
त्यस्तै आज दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित पिताप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ ।

मृत पिताका नाममा उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको छ ।

त्यस्तै आज काठमाण्डौकै पशुपति मन्दिर र बागमती किनारमा आफ्ना पितृको सम्झना गर्दै श्राद्ध गर्ने चलन छ । सोमबार पशुपतिमा आफ्ना पितृहरुको सम्झना गर्दै श्राद्ध गर्नेहरुको घुइँचो देखिन्थ्यो । ती दृष्ष्यहरुलाई हामीले आज फोटो फिचरका रुपमा प्रस्तुत गरेका छौ ।