विचित्र संसार

१३ वर्ष पहिले घरकै बगैँचामा हराएको हिराको औँठी गाजरले लगाएर निस्कियो

सन् २००४मा क्यानडाको ८४ वर्षकी अल्बर्टाकी मेरी ग्राम्स नामक एक बृदको हिराको औँठी १३ वर्ष पहिले घरकै बगैँचामा हराएको थियो । सुन्दा विश्वाश नलाग्दो तर सत्य घटना भएको यो समाचार निकै भाइरल बन्दै गएको छ ।

हराएको यति लामो समय भएपछि उनले सो औँठी भेटिने आश मारिसकेकी थिइन् । तर हालै उनले उक्त औँठी आफ्नै बगैँचाको एउटा गाजरको बोटमा फेला पारिन् ।

मेरीले औँठी हराएको कुरा आजसम्म आफ्नो लोग्नेलाई समेत भनेकी थिइनन् तर छोरालाई भने थाहा थियो । औँठी हराएको कुरा लुकाउन उनले बजारबाट एउटा उस्तै देखिने सस्तो खालको औँठी किनेर लगाउने गर्थिन् । तर, भाग्यवस उनको औँठी १३ बर्षपछि आफ्नै बगैचामा भेटिएको छ ।

गत सोमबार जब मेरीकी बुहारीले करेसाबारीबाट एउटा गाजर उखेलिन् तब वर्षौँसम्म माटोमै रहेको औँठी गाजरमा उनिएको अवस्थामा अचम्म तरिकाले फेला परेको हो । उखेल्ने बित्तिकै नै अनौठो देखियो गाजर, कम्मर छिनेको जस्तो । जब उनले गाजरलाई पानीमा पखालिन् तब त गाजरले हिराको औँठी लगाएको प्रष्टै देखियो । बीबीसी