पर्यटन/संस्कृति

पोखरामा अबदेखी ट्याक्सिमा उँड्न सकिने, दक्षिण एसियामै पहिलो पटक !!

काठमाडौं । प्रक्रिया थालेको १ वर्षपछि हेली एयर नेपाल प्रालिले लाइट हेलिकोप्टर उडानका लागि अनुमति पाएको हो ।

कम्पनीका ‘सिइओ’ रोनन लामिछानेले, नेपाल नागरिक उड्डयन प्राधिकरणले यो कम्पनीलाई उडान अनुमति दिएको जानकारी दिएका छन् । पाइलट र यात्रु गरी दुई जना मात्रै बस्न मिल्ने सो हेलिकोप्टर हावा र हुरी आएको समयमा पनि उडान गर्न सक्ने उनको दावी छ ।

पेट्रोलबाट चल्ने यो हेलिकप्टरले लगातार तीन घन्टा वा ८ सय किलोमिटर उडान गर्नसक्छ । यो यात्रु ओसापसार गर्नको लागि भन्दा पनि विदेशी पर्यटकहरुलाई माउण्टेन फ्लाइट गराएर मनोरञ्जन प्रदान गर्नका लागि भदौ भित्रैबाट उडान सुरु गर्ने लामिछाने बताउँछन् । अल्ट्रा लाइट र हेलिकप्टरभन्दा फरक विशेषता भएको यस्तो हेलीकप्टरको सेवा दक्षिण एसियामै पहिलो भएको दाबी छ ।

यस एयर ट्याक्सिको सुवीधा र भाँडा दर

जसरी काठमाडौंको कुनै एक ठाउँबाट अर्को ठाउँमा जान हामीले ट्याक्सी प्रयोग गर्छौं, त्यसैगरी यदि कसैलाई आवश्यक परे तत्काल पोखरा, बलेवा (बाग्लुङ) बाट नेपालको कुनै पनि ठाउँमा जान परेमा चार्टर गरेर जान सकिन्छ ।

साथै यही कम्पनीले यात्रु ओसारपसार गर्ने उद्देश्यले दुईवटा पाँच सिटे हेलिकोप्टर पनि ल्याउन लागेको दाबी छ ।

हेली एयरले तत्कालको लागि विदेशी र नेपालीको लागि एउटै दर निर्धारण गरेर पाँचवटा १५, ३०, ६०, ९० र १२० मिनेटको प्याकेज ल्याएको छ ।

पोखरा सहर, साराङकोट, फेवा ताल, विश्वशान्ति स्तुपा , लेखसाइड र रानीवनको दृष्यावलोकनकोमा १५ मिनेटको प्याकेज रहेको छ। जसको भाडा १५ हजार रुपैयाँ तोकिएको छ ।

पोखराको प्याकेज, फिस्टेयल हिमाल, अन्नपुर्ण श्रृखला, सेती नदी, पंचासे गाउँ, गुरुङ गाउँ र अष्ट्रेलियन क्याम्पको दृष्यावलोकन हुने यसमा ३० मिनेटको समय छ जसको भाडा २५ हजार रुपैयाँ रहेको छ ।

अर्को छ एक घण्टाको प्याकेज जसमा अघिल्लो ३० मिनेटको प्याकेजसँगै सिक्लेस गाउँ, अन्नपुर्ण श्रृखला, क्वाँछे हिमताल, लमजुङ हिमाल, सेती म्याली, मार्डी हिमाल र पोखरा दृष्यावलोकनसहितको भाडा ४० हजार रुपैयाँ रहेको छ ।

९० मिनेटको माउन्टेन उडानमा अघिल्ला १५, ३०, ६० मिनेटका सबै प्याकेज एकैपटक जोडेर गरिन्छ जसको भाडा ५५ हजार रुपैयाँ रहेको छ ।

अल्पाइन टुर नामको प्याकेजमा दुई घण्टाको समय निर्धारण गरेको हेली एयरले माउन्टेन उडासँगै बलेवा एयरपोर्टमा माउन्टेन कफी र आकाशबाट गाउँको दृष्यावलोकन गराउने जनाएको छ, जसको भाडा ६ सय ९८ अमेरिकी डलर रहेको छ।