स्वास्थ्य

सप्तरीका बाढीपीडित बिरामीका बीचमा डा.गोविन्द केसी

राजविराज । प्रा.डा.गोविन्द केसीले सप्तरीका करिब एक हजार बाढीपीडित बिरामीको शुक्रबार निःशुल्क स्वास्थ्य उपचार गरेका छन् । कञ्चनरुप नगरपालिका–६ स्थित धर्मपुरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा डा.केसीसहितको चिकित्सकको एक टोलीले एक हजार बाढीपीडितको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको हो ।

सो अवसरमा डा केसीले बाढीग्रस्त क्षेत्रका करिब ७५५ पीडित परिवारलाई खाद्यान्न, लताकपडा, मञ्जन, ब्रस र साबुनलगायत राहत सामग्री वितरण गरेका थिए