कृषि

कृषि विकास बैंकसँग प्रहरीको विवाद चुलियो !

काठमाण्डौ । प्रदेश नम्बर पाँचको प्रहरी मुख्यालय स्थापनाका सम्बन्धमा दुई सरकारी निकायबीच जग्गा विवाद सुरु भएको छ । प्रहरी र कृषि विकास बैंकबीच जग्गा विषयमा विबाद सुरु भएको हो ।

सकारले प्रदेश नम्बर ५ को प्रहरी एआईजी कार्यालय दाङमा स्थापना गर्ने निर्णय गरे बमोजिम एआईजीको कार्यालयले कृषि विकास बैंकको तुलसीपुरस्थित १५ कठ्ठा खाली जग्गा उपभोग गर्ने तयारी भएको छ । तर बैंकले प्रशासनको यो तयारीप्रति असहमति जनाएको भन्दै आइतबारको नागरिकमा समाचार लेखिएको छ ।